क्यालिफोर्नियामा भारी वर्षा र आँधीका कारण तीन जनाको मृत्यु

एजेन्सी, ११ पौष । अमेरिकाको क्यालिफोर्निया राज्यमा परेको भारी वर्षा र आँधीका कारण बाढी र पहिरो आएको छ । क्रिसमस रातसम्म यस घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

लस एन्जलस काउन्टीका केही क्षेत्रमा ११ इन्चसम्म पानी परेको छ । भारी वर्षाका कारण सडकहरू बन्द भएका छन् भने जोखिममा परेका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । बाढीले सडकमा फसेका मानिसहरूलाई उद्धार गर्न आपत्कालीन टोली परिचालित गरिएको थियो ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले लस एन्जलस र अन्य दक्षिणी काउन्टीहरूमा आपत्काल घोषणा गरेका छन् । बिहीबार साँझसम्म करिब एक लाख मानिस विद्युत् सेवाबाट वञ्चित भएका थिए ।

मृतकमध्ये सान डिएगोमा रूख ढलेर एक ६४ वर्षीय पुरुषको मृत्यु भएको छ । साथै, बाढीमा फसेको सवारीसाधनबाट उद्धार गर्ने क्रममा ७४ वर्षीय व्यक्तिको ज्यान गएको छ । सोमबार मेन्डोचिनो काउन्टीको समुद्री किनारमा ठुलो छालले बगाउँदा एक वृद्ध महिलाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार पूरै कार्यकाल चल्ने बताएका छन् । 

काठमाडौँ, १८ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय

काठमाडौँ, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको र संविधान तथा

काठमाडौँ, १८ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार घोषणा गरेका छन् ।  महर्जनले युवापुस्ताका लागि