नाइजेरियामा इस्लामिक स्टेटविरुद्ध अमेरिकाको हवाई हमला

एजेन्सी, ११ पौष । अमेरिकाले उत्तर–पश्चिम नाइजेरियामा आतंकवादी संगठन इस्लामिक स्टेट (आइएसआईएस)विरुद्ध शक्तिशाली र घातक सैन्य हमला गरेको छ । आक्रमणको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।

राष्ट्रपति ट्रम्पले सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै यो कारबाही आफ्नो निर्देशनमा भएको बताएका छन् । उनले इसाइहरूको क्रुर हत्या गरिरहेकाहरूमाथि हमला गरिएको स्पष्ट पारेको सीएनएनले जनाएको छ ।

यूएस अफ्रिका कमान्डले नाइजेरियाली अधिकारीहरूको अनुरोधमा उत्तरमा नाइजरसँग सीमा जोडिएको सोकोतो राज्यमा यो आक्रमण गरिएको जनाएको छ ।


ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “मैले यी आतंककारीहरूलाई यदि, उनीहरूले इसाइहरूको हत्यालाई नरोके नर्क भोग्नुपर्नेछ भनेर पहिले नै चेतावनी दिएको थिएँ, र आज राति त्यो भयो,” उनले थपे, “युद्ध विभागले धेरै प्रभावकारी आक्रमण गरेको छ, जुन  संयुक्त राज्य अमेरिकाले मात्र गर्न सक्छ ।”

उनले आफ्नो नेतृत्वमा रहेको देशले कट्टर इस्लामिक आतंकवादलाई फस्टाउन नदिने बताए । इसाइहरूको हत्यालाई जारी राखे यस्ता कारबाही अझै थपिने उनको चेतावनी छ । 

सीएनएनले थप टिप्पणीका लागि ह्वाइट हाउस र नाइजेरियाली सरकारसँग सम्पर्क गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार पूरै कार्यकाल चल्ने बताएका छन् । 

काठमाडौँ, १८ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय

काठमाडौँ, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको र संविधान तथा

काठमाडौँ, १८ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार घोषणा गरेका छन् ।  महर्जनले युवापुस्ताका लागि