सूर्यवंशी लिस्ट ‘ए’ क्रिकेटमा शतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडी

काठमाडौँ, ९ पौष । भारतका युवा ब्याटर वैभव सूर्यवंशी लिस्ट ‘ए’ क्रिकेटमा शतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।

आज सूर्यवंशीले विजय हाजारे ट्रफीको उद्घाटन खेलमा अरुणाञ्चल प्रदेशविरुद्ध ३६ बलमा १०० रन पूरा गरेका थिए । यही योगफलका कारण सूर्यवंशी पुरुषतर्फ लिस्ट ‘ए’ क्रिकेटमा शतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका हुन् । 

सूर्यवंशीले शतकका निम्ति १६ चौका र १५ छक्का प्रहार गरेका थिए । यससँगै उनले दक्षिण अफ्रिकाका एबी डेभिलर्सको कीर्तिमान तोडेका छन् । उनले ६४ बलमा १५० रन प्रहार गर्दै सबैभन्दा कम बलमा १५० रन पूरा गर्ने खेलाडी बनेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि