फिफाले फुटबलमा नयाँ प्रविधिको परीक्षण गर्दै

काठमाडौँ, ८ पौष । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गोल हुनुअघि बल खेल मैदानको रेखाबाहिर गएको थियो वा थिएन भनेर पत्ता लगाउन नयाँ प्रविधिको परीक्षण गरिरहेको छ ।

‘आउट अफ बाउन्ड्स’ नामक यो नयाँ प्रविधि यसै महिना कतारमा सम्पन्न तीनवटा ‘इन्टरकन्टिनेन्टल कप’ खेलमा परीक्षण गरिएका प्रविधिहरूमध्ये एक हो ।

यसका साथै, फिफाले ‘रियल–टाइम थ्री–डी रिक्रिएसन’ प्रविधिलाई पनि विस्तार गरेको छ । जसले ‘अफसाइड’को समयमा खेलाडीको ‘लाइन–अफ–साइट’सम्बन्धी निर्णयहरू छिटो र स्पष्ट बनाउन मद्दत गर्ने फिफाको विश्वास छ ।

यसमा दुईवटा भर्चुअल फिडहरू उपलब्ध हुन्छन्, जुन भिडियो असिस्टेन्ट रेफ्री (भार) र टेलिभिजन दर्शकहरूका लागि उपलब्ध हुनेछन् । यी फिडहरूले दुवै टोलीका गोलकिपरहरूको दृष्टिकोणबाट दृश्यहरू देखाउनेछन् ।

यी नयाँ प्रविधिहरू फिफा र ‘हक–आई इनोभेसन्स’ले संयुक्त रूपमा विकसित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि