समीक्षा अधिकारी अब नेपालदेखि जापानसम्म गुञ्जिने

काठमाडौँ, ८ पौष । गायिका समीक्षा अधिकारीले पौष अन्त्यसम्मको आफ्नो ब्यस्त सांगीतिक टूरको तालिका सार्वजनिक गरेकी छन् ।

यस महिनामा उनले नेपालका विभिन्न जिल्लासहित जापानसम्म पुगेर सांगीतिक प्रस्तुति दिँदैछिन् । सोमबार समीक्षाले लेखनाथ महोत्सवमा प्रस्तुति दिएकी छन् ।

‘जता जता मेसो मिल्छ, त्यतै भेटौंला है’ भन्दै उनले सार्वजनिक गरेको तालिकाअनुसार समीक्षा पौष ८ गते मंगलबार बुटवल पुग्नेछिन् । त्यहाँ आयोजित बुटवल राष्ट्रिय प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा उनी गुञ्जिने तय छ ।

९ पौषमा नेपालगञ्ज पुगेर प्रस्तुति दिने कार्यक्रम छ । १० पौषमा कैलालीको अत्तरियामा उनले दर्शक नचाउनेछिन् । ११ पौषमा विराटनगरमा आयोजित विराट ट्रेड एक्स्पोमा उनको प्रस्तुति हुनेछ । १२ पौषमा उनी बागलुङमा पुगेर प्रस्तुति दिनेछिन् ।

१४ पौषमा उनी जापान उड्नेछिन् । गलकोट समाज जापानले आयोजना गर्न लागेको कार्यक्रमहरूमा उनी गुञ्जिनेछिन् । जसअन्तर्गत उनी पौष १६ गते ओसाका, १७ गते नागोया र १८ गते टोकियोमा आफ्ना हिट गीतका साथ गुञ्जिनेछिन् । जापान भ्रमण सकेर उनी २१ गते नेपाल फर्किने छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष