फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा यथावत्

काठमाडौँ, ८ पौष । फिफा वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ ।

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल कुनै स्थान तलमाथि नभइ १ सय ८२ औं स्थानमा यथावत् रहेको हो ।

योसँगै नेपाल फिफाको सार्क देश वरीयतामा चौथो स्थानमा रहेको छ । फिफाको सार्क देश वरीयतामा भारत १ सय ४२ औं, माल्दिभ्स १ सय ७३ औं, बङ्गलादेश १ सय ८० औं, भूटान १ सय ९२ औं, श्रीलङ्का १ सय ९४ औं र पाकिस्तान १ सय ९९औं स्थानमा यथावत् छन् ।

फिफा वरीयतामा स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो, ब्राजिल पाँचौं, पोर्चुगल छैटौं, नेदरल्यान्ड्स सातौं, बेल्जियम आठौं, जर्मनी नवौं, क्रोएशिया दशौं स्थानमा यथावत् छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि