अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

एजेन्सी, ८ पौष । अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको एक प्रकारको अमेरिकी भिसा लिएका र चाडपर्वको मौसममा स्वदेश फर्किएका हजारौँ भारतीय व्यवसायी अमेरिका उड्न पाएका छैनन् ।

श्रम अनुमतिका लागि भिसा नवीकरणका लागि अन्तर्वार्ता १२ महिना वा त्योभन्दा बढी समयसम्म स्थगित गरेका कारण काममा फर्किन असमर्थ बनेका हुन् ।

मिडिया रिपोर्टका अनुसार नयाँ दिल्लीस्थित अमेरिकी दूतावास र विशेष गरी चेन्नई र हैदराबाद लगायतक धेरै शहरका वाणिज्य दूतावासहरूले यस्ता अन्तर्वार्ताहरूका लागि ‘एक्कासी पुनःतालिका’ बनाइ ढिलो गरेका कारण उनीहरू काममा फर्किन नसककेका हुन् ।

“विदेश मन्त्रालयले नियमित रूपमा संसाधनको उपलब्धतासँग मेल खाने आवश्यकताअनुसार वार्ताको तालिका परिवर्तन गर्दछ। हामी कुनै पनि परिवर्तनको बारेमा प्रभावित भिसा आवेदकलाई सिधै सूचित गर्नेछौँ,“ नयाँदिल्लीस्थित अमेरिकी दूतावासका प्रवक्ताले भनेका छछन्।

अमेरिकी विदेश मन्त्रालयले उच्च दक्ष भारतीय पेशेवरलाई ‘अमेरिकी राष्ट्रिय सुरक्षा वा सार्वजनिक सुरक्षा’ सुनिश्चित गर्ने ट्रम्प प्रशासनको नयाँ सामाजिक मिडिया जाँचबुझ नियम लागू भएपछि उनीहरूको अन्तर्वार्ता ढिलाइ भएको बताएको थियो।

“विदेश मन्त्रालयले सबै भिसा आवेदकहरूको विस्तृत जाँच गर्छ, जसमा ‘एफ’, ‘एम’ र ‘जे’ गैर–आप्रवासी वर्गीकरणमा सबै विद्यार्थी र एक्सचेन्ज भिजिटर आवेदकहरूको अनलाइन उपस्थिति समीक्षा हुन्छ। डिसेम्बर १५ देखि हामी सबै विशेष व्यवसाय अस्थायी कामदार एच–न–बी भिसा आवेदकहरू र ‘एच–फोर’ भिसा वर्गीकरणमा उनीहरूका आश्रितहरूका लागि अनलाइन उपस्थिति समीक्षालाई विस्तार गर्दैछौँ,” प्रवक्ताले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ