टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

काठमाडौँ, ७ पौष । भारत र श्रीलंकामा आउँदो माघ २५ गतेदेखि फागुन २४ गतेसम्म आयोजना हुने आइसीसी टी–२० विश्वकपका लागि नेपालले आजदेखि तयारी शुरू गर्दैछ ।

यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ ।

१० दिनअघि सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को प्रदर्शनका आधारमा पनि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, लोकेस बम, आरिफ सेख, आदील अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, विनोद भण्डारी, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी सी, अविनाश बोहोरा, प्रतिष जीसी र रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन् ।

नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ । नेपाल समूह सी मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटालीसँग रहेको छ । नेपालले माघ २५ गते इङ्ल्यान्डसँग खेल्दै विश्वकपको शुरूवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि