टी–२० विश्वकप खेल्ने भारतको टिम घोषणा

काठमाडौँ, ६ पौष । आउँदो वर्ष हुने आईसीसी ट्वान्टी–२० विश्वकपका निम्ति साबिक विजेता भारतले राष्ट्रिय टिमको घोषणा गरेको छ ।

भारतीय टिमका मुख्य प्रशिक्षक गौतम गम्भीरले शनिबार प्रतियोगिताका निम्ति १५ सदस्यीय टोली घोषणा गरेका हुन् ।

गम्भीरले घोषणा गरेको टिममा भारतका उपकप्तान शुभमन गिल अटाउन सकेनन् । उनको स्थानमा अक्षर पटेलले भारतीय टिमको उपकप्तानी सम्हाल्नेछन् ।

गिलसँगै पछिल्लो समय राष्ट्रिय टिममा समेटिँदै आएका जितेश कुमार पनि अटाएनन् । गिल नहुँदा अर्का ओपनर तथा विकेटकिपर ब्याटर ईशान किशन टिममा फर्किएका छन् ।

सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा प्रतियोगिता आयोजना हुँदा भारतले रोहितकुमार शर्माको कप्तानीमा विश्वकप चुमेको थियो । आउँदो वर्ष आफ्नै देश र श्रीलंकामा हुने प्रतियोगिताका निम्ति घोषित टिममा गत संस्करण खेलेका सात खेलाडी हुने छैनन् ।

सन् २०२४ को संस्करणपछि भारतका तीन खेलाडीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । सन्न्यास लिनेमा तत्कालीन कप्तान रोहित, विराट कोहली र रवीन्द्र जडेजा छन् ।

यीबाहेक अरू चार खेलाडीले यो संस्करणमा स्थान बनाउन सकेनन् । अघिल्लो संस्करणका ऋषभ पन्त, मोहम्मद सिराज, यशस्वी जयसवाल र युजवेन्द्र चहल यसपालि टिममा नपरेका हुन् ।

भारतीय टिम
सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, सञ्जु सामसन (विकेटकिपर), इशान किशन (विकेटकिपर), तिलक वर्मा, अक्षर पटेल (उपकप्तान), हार्दिक पन्ड्या, शिवम दुवे, रिंकु सिंह, वासिङ्टन सुन्दर, हर्षित राना, कुलदीप यादव, वरुण चक्रवर्ती, जसप्रीत बुमराह र अर्शदीप सिंह ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि