आफ्ना दुई सैनिक मारिएको घटनापछि अमेरिकाद्वारा सिरियामा आक्रमण

एजेन्सी, ५ पौष । आफ्ना दुई सैनिक र एक नागरिक मारिएको घटनापछि अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईस) लक्षित व्यापक हवाई तथा जमिनबाट आक्रमण गरेको छ ।

अमेरिकी रक्षा अधिकारीहरूका अनुसार हिजो साँझ शुरु भएको कारबाहीमा ७० भन्दा धेरै ठाउँमा १०० भन्दा धेरै सटीक हतियार प्रयोग गरिएको अल जजिराले जनाएको छ ।

एक हप्ताअघि सिरियाको पाल्माइरा शहरमा एक सैन्य अड्डामा भएको आक्रमणमा आयोवा नेसनल गार्डका दुई सैनिक र एक नागरिकको ज्यान गएको थियो । घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिकार गर्ने चेतावनी दिएका दिनुभएको थियो ।

यद्यपि, आक्रमणको जिम्मेवारी कसैले नलिए पनि अमेरिकी अधिकारीहरूले आईएस संलग्न रहेको आशंका गरेका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकाले ‘आतङ्ककारीविरुद्ध गम्भीर बदला’ लिइरहेको बताउनुभएको छ ।

रक्षा मन्त्री पिट हेगसेथले यो कारबाहीलाई ‘अपरेशन हकआइक स्ट्राइक’ नाम दिँदै अमेरिकामाथि आक्रमण गर्ने जो–कोहीलाई कडा जवाफ दिइने चेतावनी दिनुभएको छ । सिरियामा इस्लामिक स्टेटविरुद्धको अमेरिकी अभियान सन् २०१४ देखि चलिरहेको छ । सन् २०१९ मा आईएस समूहको अन्तिम किल्ला ढले पनि साना समूहहरु अझै सक्रिय रहेको अमेरिकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर