काठमाडौँ, ४ पौष । फ्राइडे रिलिजअन्तर्गत चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आजबाट प्रदर्शनमा आएको छ ।
अर्जुन घिमिरे (पाँडे)को निर्देशन रहेको चलचित्र आजबाट देशभर एकसाथ प्रदर्शनमा आएको हो ।
‘झरीपछिको इन्द्रेणी’ले सन्तोषजनक शो पाएको छ । यो चलचित्रको प्रचारका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ओएसटी गाएर आफ्नै युट्युब च्यानलमा राखेका थिए ।
‘झरीपछिको इन्द्रेणी’ले सन्तोषनक शो पाएको छ । यो चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेललगायत कलाकारको मुख्य अभिनय छ ।






