साउदी अरबद्वारा ५६ हजार पाकिस्तानी ‘भिखारी’ डिपोर्ट

एजेन्सी, ४ पौष । साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) ले संगठित भिखारी (माग्ने) र आपराधिक क्रियाकलापमा संलग्नताको आरोपमा पाकिस्तानी नागरिकविरुद्ध अनुसन्धान र कारबाही तीव्र पारेको छ । 

यसैबीच, साउदी अरबले मात्रै हालसम्म करिब ५६ हजार पाकिस्तानीलाई डिपोर्ट (देश निकाला) गरी फर्काइसकेको छ । भिख माग्ने संगठित गिरोह र विदेशमा बढ्दो अपराधका कारण अन्तर्राष्ट्रियस्तरमा देशको प्रतिष्ठालाई ठूलो क्षति पुगिरहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

तथ्यांकअनुसार, यस वर्ष साउदी अरबले २४ हजार, दुबईले ६ हजार र अजरबैजानले दुई हजार पाँचसय पाकिस्तानी भिखारीलाई फर्काएको छ । यूएईले अधिकांश पाकिस्तानी नागरिकका लागि भिसा प्रतिबन्ध लगाएको छ । त्यहाँ पुगेपछि धेरै व्यक्ति आपराधिक क्रियाकलापहरूमा संलग्न भेटिएको कारण यो कदम लिइएको बताइएको छ ।
 
पाकिस्तानी अनुसन्धान एजेन्सी (एफआईए)का अनुसार, यो सिन्डिकेट अब खाडी देशहरूमा मात्र सीमित छैन । अफ्रिका, युरोप, कम्बोडिया र थाइल्यान्डलगायत देशको पर्यटक भिसाको पनि दुरुपयोग भइरहेको छ । 

यो संगठित गिरोह र अवैध आप्रवासन रोक्न पाकिस्तान सरकारले पनि घरेलुस्तरमा कडाइ गरेको छ । एफआईएका महानिर्देशक रफत मुख्तारका अनुसार, सन् २०२५ मा हालसम्म पाकिस्तानी विमानस्थलहरूबाट ६६ हजार १५४ यात्रुलाई विमानबाट उतारिएको छ ।  तिनीहरूलाई भिख माग्ने वा अन्य अवैध कार्यका लागि विदेश जानबाट रोक्न यसो गरिएको समाचारमा उल्लेख छ । 

खाडी देशहरूसँगका सम्बन्ध र भिसा नीतिहरूमा थप तनाव आउन नदिन पाकिस्तानी प्रशासनले यी गिरोहहरूलाई पूर्णरूपमा उन्मूलन गर्ने प्रयास गरिरहेको छ । फर्ष्टपोस्ट 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ