आईसीसी महिला टी–२० क्रिकेटको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट

काठमाडौँ, ३ पौष । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको दोश्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट भएका छन् ।

आउँदो जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौँमा हुने प्रतियोगिताका लागि २७ खेलाडीबाट घटाएर २० खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानले छनोट गरेको हो । छनोट भएका खेलाडीहरुमा इन्दु बर्मा, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना कुमारी चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुवर, रुविना क्षेत्री, सना प्रवीण इश्वरी विष्ट, रोमा थापा छन् ।

त्यस्तै सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सिता राना मगर, काजल श्रेष्ठ पनि छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि