अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलाबाट आउने तेल ट्यांकरमाथि पूर्ण नाकाबन्दीको आदेश

एजेन्सी, २ पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट आउने र त्यहाँबाट जाने सबै प्रतिबन्धित तेल ट्यांकरमाथि पूर्ण रुपमा नाकाबन्दी लगाउन आदेश दिनुभएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भेनेजुएलामाथि आतंकवाद, लागूऔषध तस्करी र मानव तस्करीमा संलग्न भएको आरोप लगाउँदै तेल ट्यांकरमाथि पूर्ण नाकाबन्दीको आदेश दिनुभएको हो ।

यसअघि एक हप्ता अगाडि अमेरिकाले भेनेजुएलाको तट नजिकै एउटा तेल ट्यांकर नियन्त्रणमा लिएको थियो । त्यो कदमलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ‘समुद्री लुटपाट’ को संज्ञा दिनुभएको थियो । ट्रम्पको नयाँ आदेशपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो उतार–चढाव आउने अनुमान गरिएको बीबीसीले जनाएको छ । अमेरिकाले क्यारेबियन क्षेत्रमा आफ्नो वायुसेना र नौसेना तैनाथ गरेको छ ।

यसमा परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी, जासुसी विमान र झन्डै १५ हजार सैनिक समावेश छन् । अमेरिकाले यो क्षेत्रमा रहेका केही डुंगामाथि आक्रमण पनि गरेको छ, जसमा अहिलेसम्म ८० भन्दा धेरै व्यक्तिको ज्यान गइसकेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ