युक्रेनका ऊर्जा केन्द्रहरूमा सयौँ ड्रोन र दर्जनौँ मिसाइल आक्रमण

फाइल फोटो

एजेन्सी, २८ मंसिर । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेनका ऊर्जा प्रतिष्ठानहरूमा ४५० भन्दा बढी ड्रोन र ३० वटा मिसाइलले हमला गरेको बताएका छन् ।

यसका कारण धेरै क्षेत्रको बिजुली र पानीको आपूर्ति ठप्प भएको छ भने आपतकालीन सेवाहरू त्यसलाई पुनर्स्थापित गर्न लगातार काम गरिरहेका छन् ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्दै रूसले फेरि युक्रेनको ऊर्जा पूर्वाधारलाई निशाना बनाएको बताए । दक्षिणी युक्रेन र ओडेसा क्षेत्रमा भएको हमलामा दुईजना घाइते पनि भएका छन् ।

उनले भने, “रातभर भएका यी हमलाहरूले एक दर्जनभन्दा बढी नागरिक सुविधाहरूलाई नोक्सान पुर्‍याएको छ र हजारौँ परिवार बिजुलीविहीन बस्न बाध्य छन् ।” बिजुली कटौती भएका क्षेत्रहरूमा किरोवोह्राद, माइकोलाइभ, ओडेसा, सूमी, खार्किभ, खेरसोन र चेर्निहाइभ सहर रहेको बताइएको छ ।

युक्रेनी राष्ट्रपतिले एक वक्तव्यमा रुसले हमला गर्न लागि ४५० भन्दा बढी ड्रोन र फरक–फरक किसिमका ३० मिसाइलहरूको प्रयोग गरेको पनि उल्लेख गरे । युक्रेनी अधिकारीहरू स्थिति सामान्य बनाउन र आवश्यक सेवाहरू बहाल गर्न सम्भव सबै उपाय अपनाइरहेका छन् ।

उनले यी हमलाहरूले रूसको युद्ध अन्त्य गर्ने कुनै मनसाय नभएको स्पष्ट पारेको आरोप लगाए । उनले अन्तर्राष्ट्रिय समुदायलाई मस्कोको कारबाहीलाई स्पष्ट रूपमा पहिचान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ