महासचिव गुटेर्रेसद्वारा इराकमा राजनीतिक मिसन अन्त्यको घोषणा

एजेन्सी, २८ मंसिर । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसन अन्त्य भएको घोषणा गर्नुभएको छ ।

योसँगै इराकको अनुरोधमा त्यहाँ संयुक्त राष्ट्रसङ्घ सहायता मिशन (युएनएएमआई) ले सन् २००३ को आक्रमण र देशको सङ्क्रमणकालिन अवस्थामा पुर्याउँदै आएको सहयोग २२ वर्षपछि बन्द हुने भएको छ ।

मिसनको समापन समारोहमा गुटेर्रेसले इराकी नागरिकसँग काँधमा काँध मिलाएर हिँड्न पाएकोमा युएनएएमआई आभार व्यक्त गरेको समाचार संस्था एएफपीले जनाएको छ । यो मिसन टुङ्गिए पनि संयुक्त राष्ट्रसङ्घ इराकका नागरिकसँगै शान्ति, दिगो विकास र मानव अधिकारको मार्गमा अघि बढ्ने तथा इराकमा संयुक्त राष्ट्रसङ्घका सङ्घसंस्था र तिनका कार्यक्रमहरू निरन्तर रहने राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले बताउनुभएको छ ।

इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीसँगको पत्रकार सम्मेलनका क्रममा पनि महासचिव गुटेर्रेसले इराक अब सामान्य देश बनेको उल्लेख गर्नुभएको थियो । सन् २००३ को अगस्ट १९ मा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा ट्रक बम विस्फोट हुँदा इराकका लागि संयुक्त राष्ट्रसङ्घका पहिलो विशेष प्रतिनिधि सर्जियो भिएरा डे मेलोसहित २१ जनाको ज्यान समेत गएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ