उपाधि जित्न विश्वास हुनुपर्ने रहेछ : रोहित पौडेल

काठमाडौँ, २८ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो ।

उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने सुरुदेखि विश्वास थियो । सबै टिम एकजुट भएर लाग्यौँ र च्याम्पियन बन्यौँ ।”

टोलीलाई च्याम्पियन बनाएका रोहितले प्लेअर अफ दी टुर्नामेन्ट हुँदै कार पाएका छन् । लुम्बिनीको सफलता रोहितको प्रदर्शन अलराउन्ड रह्यो । उनी सिजनमा सर्वाधिक दुई सय ७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे । रोहितले बलिङतर्फ पनि १० विकेट लिए । रोहित उत्कृष्ट ब्याटर पनि भए । प्रतियोगिताको इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट हुँदै पल्सर बाइक पाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि