ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजनाको मृत्यु

एजेन्सी, २८ मंसिर । अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर रूपमा घाइते भएका छन् ।

घाइतेहरूको अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ । यद्यपि, प्रोभिडेन्स सहरका मेयर ब्रेट स्माइलीले हताहत हुनेहरूको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।

प्रहरीका अनुसार, आक्रमणकारी अझै फरार छन् । अभियुक्त कालो कपडामा थिए र घटनास्थलबाट पैदलै भागेको बताइएको छ ।

प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको भए पनि अनुसन्धानपछि उनको घटनासँग कुनै सम्बन्ध नभेटिएकाले उनलाई छोडिएको बीबीसीले जनाएको छ ।

ब्राउन युनिभर्सिटी र त्यस वरपरका क्षेत्रमा मानिसहरूलाई घरभित्रै बस्न दिइएको चेतावनी दिएको छ । यस घटनाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई गोलीबारीको जानकारी दिइएको बताएका छन् । यो घटना शनिबार स्थानीय समयअनुसार बेलुका ४ बजेर ५ मिनेटमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ