युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव

एजेन्सी, २७ मंसिर । रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी पछिल्लो योजनाअन्तर्गत युक्रेन सन् २०२७ जनवरीको शुरूमै युरोपेली संघ (ईयू) मा सामेल हुन सक्ने सम्भावना बढेको छ ।

युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव रहेको यस विषयमा जानकार एक वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । ईयू प्रवेश प्रक्रियाको जटिल प्रक्रियाले सामान्यतया वर्षौं लिन्छ र समूहका सबै २७ सदस्य देशको सर्वसम्मत मत आवश्यक पर्छ । तर केही देशहरूले युक्रेनलाई समावेश नगर्न आवाज उठाउँदै आएका छन् । त्यसमा पनि विशेष गरी हङ्गेरीले असहमति जनाएको छ ।

युक्रेनको सदस्यताको विरोध गर्ने नेताहरूलाई आफ्नो अडान परिवर्तन गर्न मनाउन अमेरिका प्रयासरत रहेको पाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । युक्रेनले लामो समयदेखि युरोपेली सङ्घको सदस्यताका लागि प्रयास गरिरहेको छ । रूस–युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको पछिल्लो प्रस्तावमा युक्रेनले रूसलाई केही भूमि सुम्पिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर