राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक पदका लागि विज्ञापन आह्वान

काठमाडौँ, २५ मंसिर । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक पदका लागि विज्ञापन आह्वान भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज मुख्य प्रशिक्षक पदका लागि विज्ञापन आह्वान गरेको हो ।

इच्छुक तथा योग्य उम्मेदवारले ३० दिनभित्र आवेदन दिन सक्नेछन् । करारमा नियुक्त हुने प्रशिक्षकले प्रो–लाइसेन्स हासिल गरेको हुनुपर्नेछ ।

गएको कात्तिकमा म्याट रसले राजीनामा दिएपछि नेपालले एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्काको प्रशिक्षणमा मलेशियासँग एएफसी एशियन कप छनोट खेलेको थियो । तर फिफा र एएफसीका प्रतियोगिता खेल्न अनिवार्य प्रो–लाइसेन्स प्रशिक्षक चाहिने भएकाले एन्फाले विज्ञापन आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि