लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको लक्ष्य

काठमाडौँ, २५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल पुग्न विराटनगर किंग्सले लुम्बिनी लायन्सबाट १३५ रनको लक्ष्य पाएको छ । 

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनको योगफल खडा गर्‍यो ।

लुम्बिनीका ओपनर डार्सी शर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्कासहित ३४ रन थपे । यी दुईले ८–१ को स्थितीबाट यी दुईले ६९ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हालेका थिए । तर, ११.२ ओभरमा ७७–२ को स्थितीबाट लुम्बिनी २७ रन जोड्दा १६ ओभरमा १०४–६ को स्थितीमा पुगेको थियो ।

निरोसान डिकवेलाले २२ बलमा चार चौकासहित २९ रन जोडे । रुबेन ट्रम्पेलमनले ११ रन बनाए । लुम्बिनीका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । सन्दीप जोरा र जेजे स्मिथले ‘डक’ भए । दीलिप नाथ र दीनेश अधिकारी पनि समान एक रनमा पभेलियन फर्किए ।

विराटनगरका स्पिनर सुवास भण्डारीले तीन विकेट लिए । चार ओभरमा उनले ३.५० को इकोनोमीसहित १४ रनमात्र खर्चिए । चार ओभर बलिङ गरेका प्रतिश जिसीले २७ रन खर्चिदै तीन विकेट लिए । कप्तान सन्दीप लामिछानले चार ओभरमा १८ रन खर्चिएर दुई विकेट लिए । 

आजको खेलमा जित निकाल्ने टिमले उपाधि भिड्न्तमा साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगितामा विराटनगरले लिग चरणमा दोस्रो स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो । यता, लुम्बिनी भने चौथो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो ।

प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि