अमेरिकाले भेनेजुएलाको तटबाट तेल ट्यांकर कब्जा गरेको ट्रम्पको आरोप

एजेन्सी, २५ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाको तटबाट अमेरिकाले एउटा तेल ट्यांकर कब्जा गरेको बताएका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग ट्रम्पले भने, “हामीले भर्खरै भेनेजुएलाको तटमा एउटा ठूलो ट्यांकर कब्जा गरेका छौं । वास्तवमा अहिलेसम्म कब्जा गरिएकामध्ये सबैभन्दा ठूलो ।”

महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक संजाल  एक्समा एक भिडियो पोस्ट गरिन्, जसमा अमेरिकी सेना ट्यांकरमा चढेको जस्तो देखिन्थ्यो ।

यो घोषणाले ट्रम्प प्रशासन र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको शासनबीचको पछिल्लो तनावलाई संकेत गर्ने बताइएको छ । यो त्यस्तो समयमा आएको छ, जब विपक्षी नेता मारिया कोरिनो मचाडो देश छोडेर नोवेल शान्ति पुरस्कार ग्रहण गर्न नर्वेको ओस्लो गएको विश्वास गरिन्छ ।

यो हप्ताको सुरुमा अमेरिकी समाचार संस्था पोलिटिकोसँगको अन्तर्वार्तामा ट्रम्पले मादुरोको दिनगन्ति सुरु भएको  भनेका थिए । भेनेजुएलाविरुद्ध अमेरिकी सेना पठाउने सम्भावनालाई पनि अस्वीकार गरेका थिएनन् । डीडब्ल्यू डटकम। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ