ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा आठौं स्थानमा यथावत्

काठमाडौँ, २४ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा आठौं स्थानमा यथावत् रहेका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी आज सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र लगातार दोस्रो साता आठौंमै रहेका हुन् ।

नेपालले पछिल्लो समय कुनै टी-२०आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा पनि दीपेन्द्रको वरीयतामा असर परेको छैन ।

दीपेन्द्रको रेटिङ अंक पनि यथावत् छ । उनको २०२ अंक रेटिङ छ । यसअघि अघिल्लो साता भएको अपडेटमा पनि दीपेन्द्र आठौंमै थिए ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै छन् । दोस्रोमा सिकन्दर राजा, तेस्रोमा वेस्ट इन्डिजका रस्टन चेज यथावत् छन् ।

चौथोमा भारतका हार्दिक पान्ड्या उक्लिएका छन् । पाकिस्तानका मोहम्मद नवाज र अफगानिस्तानका मोहम्मद नाबी क्रमश: पाँचौ र छैटौं स्थानमा झरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र