अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू

एजेन्सी, २४ मंसिर । अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा गरिएको प्रतिबन्ध आजदेखि लागू भएको छ ।

नयाँ ऐनअनुसार इन्स्टाग्राम, फेसबुक, थ्रेड्स, एक्स, स्न्यापच्याट, किक, ट्विच, टिकटक, रेडिट र युट्युबलगायतका प्लेटफर्महरूले नाबालक प्रयोगकर्तालाई रोक्नुपर्नेछ । यो प्रतिबन्ध उल्लङ्घन गरेमा अभिभावक वा बालबालिकामाथि सजाय नहुने भए पनि सामाजिक सञ्जाल कम्पनीहरूले भने अधिकतम ४ करोड ९५ लाख अष्ट्रेलियन डलर बराबरको जरिवाना तिर्नु पर्ने कानुनी व्यवस्था गरिएको बीबीसीले जनाएको छ ।

यो कदमले बालबालिकालाई हानिकारक सामग्रीबाट जोगाउने अस्ट्रेलियन सरकारको लक्ष्य छ । तर आलोचकहरूले भने यसले जोखिममा रहेका किशोर–किशोरीलाई झन् एक्ल्याउन सक्ने तथा उनीहरूलाई नियमनविहीन अनलाइन परिवेशमा धकेल्न सक्ने खतरा रहेको चेतावनी दिएका छन् ।

यो निर्णयलाई अन्य देशहरुले पनि चासोका साथ हेरिरहेका छन् । तर सरकारले यसको सफलतामापन कसरी गर्ने भन्ने विषय भने अझै स्पष्ट छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट कांग्रेस नयाँ बनेको भन्दै कांग्रेसको नेतृत्वमा देशको मुहार फेर्ने अभियान

काठमाडौँ, ९ माघ । वसन्त पञ्चमीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौँको वसन्तपुरस्थित

भोजपुर, ९ माघ । पौवादुङमा गाउँपालिकामा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालन भएको छ । सन् २०३० सम्ममा गाउँपालिकाभित्रको शैक्षिक गरिबीलाई

गौरादह, ९ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार झापाको गौरादहस्थित पाहुनाघरमा गौरादह र गौरिगञ्ज क्षेत्रका अगुवा नेता–कार्यकर्तासँग