‘गोबर गणेश’को पोस्टर सार्वजनिक

काठमाडौँ, २४ मंसिर । चलचित्र ‘गोबर गणेश’को पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी फिचर्ड छन् । 

पोस्टरमा वर्षा रिक्सा चलाइरहेकी छन् भने सोही रिक्सामा बल्छी धुर्बे बसेका छन् । दुवै प्रशन्न मुद्रामा छन् । 

रिक्सामा फोहोर छ, फोहोर उठाउने डस्ट प्यान छ । बल्छीको गलामा सिठी छ । पृष्ठभूमिमा सहरका बाक्ला घर छन्, यसले उनीहरू नगरपालिकाको फोहोर उठाउने कर्मचारीजस्ता देखिन्छन् ।

माघ १ गते रिलिज हुने चलचित्र ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गरेका छन् । यो चलचित्रमा बल्छी र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मालगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष