नेप्से परिसूचक ७.३९ अंकले बढ्यो

काठमाडौँ, २३ मंसिर । आज सेयर बजार सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.३९ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६१४ अंकमा कायम भएको छ ।

बजार दिउँसो २ : ५४ बजे २६०६ अंकमा झरेकोमा अन्तिम ६ मिनेटमा बढेको हो । आजका लागि बजारको न्यूनतम अंक नै २६०६ अंक रह्यो । १२ ः २० बजे नेप्से २६२० अंकसम्म पुगेको थियो ।

आज १४८ कम्पनीको मूल्य बढ्दा १०१ को घट्यो भने ९ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७५ करोडको भयो ।

बैंकिङ ०.१२, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०.१७ तथा व्यापार ०.०१ प्रतिशत घटे । विकास बैंक ०.३१, फाइनान्स ०.४०, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.८४, लगानी ०.१६, जीवन बीमा ०.८२ तथा उत्पादन/प्रशोधन ०.५३ प्रतिशत बढे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९