ट्रम्पले भने– म निराश छु

एजेन्सी, २२ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू युक्रेन शान्ति वार्ताबाट निराश भएको भन्दै यो प्रक्रियाबाट पछि हट्न सक्ने संकेत गरेका छन् ।

एक कार्यक्रममा ट्रम्पले भने, “युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म शान्ति प्रस्ताव पढेकै छैनन् ।” अमेरिकी र युक्रेनी प्रतिनिधिबीच अमेरिकामा भएको वार्ता निष्फल रहेको समयमा ट्रम्पले यस्तो बताएका हुन् ।

आइतबार वासिङटन डीसीस्थित केनेडी सेन्टरको रातो कार्पेटमा सञ्चारकर्मीले ट्रम्पसँग युक्रेन शान्ति वार्ताका बारेमा प्रश्न गरेका थिए । जवाफमा ट्रम्पले भने, “म अलिक निराश छु, किनभने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म शान्ति प्रस्ताव पढेकै छैनन् ।”

ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले पनि आफ्ना बाबु युक्रेन शान्ति वार्ताबाट पछि हट्न सक्ने बताएका छन् । दोहा फोरममा सम्बोधनका क्रममा ट्रम्प जुनियरले युक्रेन रुसभन्दा बढी भ्रष्ट देश भएको टिप्पणी गरे । उनले जेलेन्स्कीलाई ‘धेरै राम्रो प्रचारक’ भएको समेत बताए ।

अमेरिकी र युक्रेनी प्रतिनिधिबीच मियामीमा तीन दिनसम्म युक्रेन शान्ति प्रस्तावमाथि छलफल भएको थियो । तर, कुनै नतिजा निस्किएन ।

दुवै पक्षले वार्ता सकारात्मक भएको बताए । तर, केही मुद्दामा युक्रेनले सहमति जनाएन । युक्रेन रुसले कब्जा गरेका क्षेत्रमाथिको आफ्नो दाबी त्याग्न तयार छैन ।

युक्रेनमा पछिल्ला दिनमा भ्रष्टाचारका मुद्दा पनि उठाइएको छ । रुस–युक्रेन शान्ति वार्तामा संलग्न युक्रेनका शीर्ष अधिकारी आन्द्रे येर्माकमाथि भ्रष्टाचारको गम्भीर आरोप थियो । उनको घरमा छापा समेत मारिएको थियो । त्यसपछि येर्माकले पदबाट राजीनामा दिएका थिए ।

अमेरिका र रुसका प्रतिनिधिबीच यसअघि मस्कोमा बैठक भएको थियो । उक्त बैठकबाट पनि कुनै ठोस नतिजा निस्किएको थिएन ।

बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छलफल राम्रो भए तापनि शान्ति वार्तामा सहमति जुटाउन सजिलो नभएको बताएका थिए ।

यसैबीच, चाँडै नै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले लन्डनमा बेलायत, फ्रान्स र जर्मनीका राष्ट्रप्रमुखसँग भेटघाट गर्ने कार्यक्रम छ । 

यसले युक्रेन शान्ति वार्ताको विषय अझै जटिल बन्दै गएको स्पष्ट संकेत गर्छ, जसका कारण अमेरिकी राष्ट्रपति ट्रम्पले निराशा व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ