पोखरा विमानस्थलमा घोटाला : ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, २१ मंसिर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार करिब ८ अर्ब रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो । पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी (दिवंगत), रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागेको हो ।

अख्तियार स्रोतका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ । सर्वोच्च अदालतका पूर्वरजिस्ट्रासमेत रहेका विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यादलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनीलगायत १० पूर्वसचिवहरूलाई समेत प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरेका

काठमाडौँ, १८ फागुन । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता कार्यान्वयनमा कडाइ गर्दै अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानी गर्न निर्देशन दिएको छ ।

काठमाडौँ, १८ फागुन । श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।  आज हेटौँडामा

दमक, १८ फागुन । नेकपा (एमाले)का उपमहासचिव योगेस भट्टराईले देशलाई ‘मियो बिनाको दाइ दाँई’बाट रोक्न नेकपा एमालेको जित अवश्यक रहेको