महाधिवेशनमा सहभागी हुन घरघरमा अध्यक्ष ओलीको पत्र

काठमाडौँ, २१ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यको घरघरमा पत्र पठाउन थालिएको छ ।

राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको संकटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा महाधिवेशनलाई रुपान्तरित गर्नुपर्ने अध्यक्ष ओलीको आग्रह छ । उनले एमालेलाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथी, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने पार्टीका रूपमा चित्रण गरे । उनले वर्तमान राजनीतिक परिस्थितिलाई ‘गम्भीर चुनौतीको समय’ भएको टिप्पणी गरे ।  

यही मंसिर २७ गते दिउँसो १२ः३० बजे भक्तपुरको सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरेका

काठमाडौँ, १८ फागुन । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता कार्यान्वयनमा कडाइ गर्दै अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानी गर्न निर्देशन दिएको छ ।

काठमाडौँ, १८ फागुन । श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।  आज हेटौँडामा

दमक, १८ फागुन । नेकपा (एमाले)का उपमहासचिव योगेस भट्टराईले देशलाई ‘मियो बिनाको दाइ दाँई’बाट रोक्न नेकपा एमालेको जित अवश्यक रहेको