रूसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत

एजेन्सी, १९ मंसिर । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका क्रममा नयाँ दिल्ली आईपुग्नु भएको छ ।

राष्ट्रपति पुटिन हिजो साँझ पालम विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँको स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थल पुग्नु भएको बीबीसी हिन्दीले जनाएको छ  ।

पुटिनको यो भ्रमण भारत र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण रहेको समयमा भएको हो । आज प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमा पुटिन र उहाँको प्रतिनिधिमण्डलका लागि दिवाभोज आयोजना गर्नुभएको छ । भ्रमणको क्रममा द्विपक्षीय रणनीतिक र आर्थिक साझेदारीलाई विस्तार गर्ने, रक्षा सहयोग बढाउने, द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट जोगाउने रहेको छ ।

रूसी राष्ट्रपतिको भारत भ्रमणलाई पश्चिमी देशहरूले निकै चासोका साथ हेरेको विश्लेषण भइरहेको छ । भारत र रूसबीचको २३औँ शिखर सम्मेलनपछि दुवै पक्षले व्यापारलगायत धेरै क्षेत्रमा सम्झौता गर्न सक्ने अनुमान छ । झन्डै २८ घण्टाको भारत बसाईपछि पुटिन आज राति साढे ९ बजे फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर