काठमाडौँ, १८ मंसिर । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन माग गरेका छन् ।
रौतहटको गौरमा रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन सक्नुपर्ने बताए ।
सरकारको मनोमानी कर लिइरहेको र यसले महंगी बढेको पनि उनले बताएका छन् । उनले करको नाममा हरेक क्षेत्रमा सरकारले आतंक मचाएको आरोप लगाए ।
‘सरकार पिच्छेको सरकारले हरेक वस्तुमा करमाथि कर लगाउने काम गरिरहेको छ,’ उनले भनेका छन्, ‘हामीभन्दा ठूलो देश भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महंगोमा पाउने ?’






