जरिवाना नबुझाएका ६ दलले पनि दिए निर्वाचनका लागि दल दर्ताको निवेदन

काठमाडौँ, १८ मंसिर । आय व्यय विवरण नबुझाएका कारण निर्वाचन आयोगले तोकेको जरिवाना नबुझाएका ६ वटा दलले पनि निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छन् ।

अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, संघीय विकासवादी पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, संघीय नेपाल पार्टी, नेपाल मातृभूमि पार्टी र राष्ट्रवादी युवा मोर्चाले दल दर्ताको निवेदन दिएका हुन् ।

यी दलहरूले आर्थिक वर्ष २०८०/८१ को आय–व्यय विवरण बुझाएका छैनन् । यी दलहरूले समेत २१ फागुनका लागि तय भएको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएकाले आयोग के गर्ने भन्ने छलफलमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ फागुन । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा

काठमाडौँ, १९ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १९ फागुन । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको रहेको जल तथा मौसम विज्ञान विभाग

काठमाडौँ, १८ फागुन । काठमाडौँको शंकरदेव क्याम्पस नजिकै एक जनामाथि चक्कु प्रहार भएको छ । काठमाडौँ प्रहरी परिसरका अनुसार आज साझ