क्यारिबियनमा लागुऔषध तस्करविरुद्ध जमिनबाट कारबाही सुरु गर्ने अमेरिकी घोषणा

एजेन्सी, १८ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको मन्त्रिपरिषद् बैठकमा आफ्नो प्रशासनले क्यारिबियन क्षेत्रमा लागुऔषध तस्करहरूलाई लक्षित गरी स्थल कारबाही सुरु गर्ने बताएका छन्।

ट्रम्पले भेनेजुएलाका लागुऔषध तस्करहरूलाई रोक्ने कार्यमा वायुसेनाको सातौँ बम विंगलाई धन्यवाद दिए। उनले हाल ८५ प्रतिशत तस्करी समुद्रबाट भइरहेको र अब जमिनबाट पनि रोक्न सुरु गरिने बताएका छन्।

सेप्टेम्बर २ यता, पेन्टागनले क्यारिबियन र पूर्वी प्रशान्त महासागरमा कथित रुपमा लागुऔषध बोकेका जहाजहरूमा कम्तीमा २१ वटा ज्ञात आक्रमण गरेको छ, जसमा जहाजमा सवार कम्तीमा ८३ जनाको मृत्यु भएको छ।

पछिल्ला महिनाहरूमा, वासिङ्टनले भेनेजुएलासँग ठुलो तटरेखा जोडिएको क्यारिबियन सागरमा प्रमुख विमान वाहक यूएसएस जेराल्ड आर. फोर्ड र लगभग १५ हजार सेनासहित एक दर्जन युद्धपोतहरू तैनाथ गरेको छ। यस क्षेत्रमा विगत तीन दशकयता यति ठूलो अमेरिकी सैन्य उपस्थिति देखिएको थिएन।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर