एनपीएलमा आज दुई वटा खेल हुँदै

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने पहिलो खेलमा बिहान पौने १२ बजे काठमाण्डु गोर्खाज र पोखरा एभेञ्जर्स खेल्दैछन् ।

लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाण्डुले जिते ‘प्ले अफ’मा पुग्नेछ । काठमाण्डु ६ खेलमा ४ जीत र ३ हारसहित ८ अङ्क जोड्दै तालिकाको दोश्रो स्थानमा छ ।

पोखराको पनि ‘प्ले अफ’मा पुग्ने सम्भावना कायमै छ । पोखराको अन्तिम खेल चितवन राइनोजसँग छ । आज काठमाण्डुलाई र आफ्नो अन्तिम खेलमा चितवनलाई हराए मात्रै पोखराको ‘प्ले अफ’मा पुग्ने सम्भावना रहन्छ । पोखरा ५ खेलमा २ जीत र ३ हारसहित ४ अङ्क जोड्दै चौथो स्थानमा छ ।

यस्तै आजै हुने अर्को खेलमा दिउँसो सुदूरपश्चिम रोयल्स् र चितवन राइनोज खेल्दैछन् । सुदूरपश्चिम यसअघि नै लगातार ५ खेल जित्दै तालिकाको शीर्ष स्थानमा रहँदै ‘प्ले अफ’ पुग्ने पहिलो टोली बनिसकेको छ । अपराजित सुदूरपश्चिमको १० अङ्क छ ।

चितवनको ‘प्ले अफ’ पुग्ने सम्भावना कायमै छ । आज सुदूरपश्चिमलाई र आफ्नो अन्तिम खेलमा पोखरालाई हराए मात्रै चितवनको ‘प्ले अफ’मा पुग्ने सम्भावना रहन्छ । चितवन ५ खेलमा २ जीत र तीन हारसहित ४ अङ्क जोड्दै छैटौं स्थानमा छ ।

हिजो भएको खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ५ विकेटले हराउँदै ‘प्ले अफ’को सम्भावना कायमै राखेको छ । लुम्बिनी ६ खेलमा ३ खेल जित्दै ६ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । विराटनगर ६ खेलमा ४ खेल जित्दै ८ अङ्कसहित तेश्रो स्थानमा छ । विराटनगरको पनि ‘प्ले अफ’ पुग्ने सम्भावना कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि