अमेरिका यात्रा प्रतिबन्ध ३२ देशसम्म विस्तार गर्ने तयारी

एजेन्सी, १७ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यात्रा प्रतिबन्धलाई करिब ३० देखि ३२ देशहरूमा विस्तार गर्ने तयारी गरेको छ ।

अमेरिकाको होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले हाल १९ देशहरूको सूचीलाई बढाएर ३० देखि ३२ सम्म पुर्‍याउने सिफारिस गरेको समाचार संस्था सीएनएनले जनाएको छ ।

गत हप्ता दुई नेशनल गार्ड सदस्यमाथि गोली हानिएको घटनापछि अमेरिकामा हुने आप्रवासनलाई अझ आक्रामक रूपमा नियन्त्रण गर्ने प्रयासस्वरूप यो कदम उठाउन लागिएको हो ।

प्रतिबन्धमा थपिने देशहरूको सूची चाँडै सार्वजनिक हुने समाचारमा उल्लेख छ । ट्रम्प प्रशासनले पहिले नै १२ देशका यात्रुहरूमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । अन्य सात देशमा आंशिक प्रतिबन्ध लागु गरिएको छ । 

यात्रा प्रतिबन्ध सूचीमा रहेका देशका नागरिकहरूले अमेरिकाको यात्रा गर्न पाउने छैनन् । यसबाहेक मूल्यांकनको आधारमा सूची थप विस्तार हुनसक्ने बताइए पनि थपिने देशहरूको नाम र घोषणा मिति भने स्पष्ट गरिएको छैन ।

हाल अफगानिस्तान, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, म्यानमार, सोमालिया, सुडान, यमनलगायत देशका नागरिकले पूर्ण प्रतिबन्ध भोगिरहेका छन् । बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका यात्रुहरू आंशिक प्रतिबन्धको सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ