‘आयात बढ्यो, निर्यात घट्यो’

झापा, १७ मंसिर । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट रु १६ अर्ब दुई करोड पाँच लाख मूल्यबराबरका सामान आयात भएकाे छ ।

मेची भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिमा रु १४ अर्ब २८ करोड ८७ लाखबराबरको वस्तु तथा सामान आयात भएका थिए । गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेकाे छ । यो अवधिमा रु सात अर्ब ९६ करोड सात लाखबराबरका सामग्री निर्यात भए । गत आवको सोही अवधिमा रु आठ अर्ब ३० करोड २७ लाखका वस्तु निर्यात भएका थिए ।

काँकरभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत निर्यात हुने गर्छन् । उक्त कार्यालयले आव २०८२/८३ को पहिलो चार महिनामा आयात निर्यातबाट रु पाँच अर्ब ४६ करोड एक लाख ९८ हजार राजस्व सङ्कलन गर्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक