चितवनलाई ६ विकेटले हराउँदै जनकपुरको पहिलो जीत

काठमाडौँ, १६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ ।

चितवनले दिएको एक सय ७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । जनकपुरका अनिल शाह र माझ सदाकतले अर्धशतकीय पारी खेले । सदाकतले ६३ र शाहले ६१ रन जोडे ।

चितवनका सोहिल तन्विर, कमलसिह ऐरी र अमरसिंह रौटेलाले एक–एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । चितवनका डेविड मलान र अर्जुन साउदले अर्धशतकीय पारी खेले ।

मलानले ५४ बलमा सर्वाधिक ८० रन र साउदले ३९ बलमा ५२ रन जोडे । एनपीएलको पहिलो संस्करण विजेता जनकपुरको दोस्रो संस्करणमा यो पहिलो जीत हो । पाँच खेलमध्ये पहिलो जीत हात पारेर तालिकाको सातौं नम्बरमा रहेको जनकपुरको  ‘प्लेअफ’मा पुग्ने गणितिय सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि