चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ, १६ मंसिर । डाविड मालानको उत्कृष्ट ब्याटिङमा चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको हो ।

चितवनका लागि ओपनर डाविड मालानले सर्वाधिक ८० रन बनाए भने अर्जुन साउदले ५२ रन जोडे । कप्तान कुशल मल्लले अविजित ३० रन जोडे ।

चितवनक लागि मालान र अर्जुन साउदले पहिलो विकेटका ११२ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । चितवनले नियमित ओपनर दिपक बोहरालाईलाई ड्रप गर्दै आज अर्जुन साउदलाई डाविड मालानसँग ओपनिङ गराएको थियो । जुन फलदायी भयो ।

मालान र अर्जुनले पहिलो विकेटका लागि शतकिय साझेदारी गरे । दुवै ओपनरले अर्धशतक पनि प्रहार गरे । यस सिजन चौथो शतकिय साझेदारी थियो भने पहिलो विकेटका लागि दोस्रो शतकिय साझेदारी हो । यस्तै पहिलो विकेटका लागि भएको सर्वाधिक साझेदारी पनि हो ।

यसअघि सुदूरपश्चिमका विनोद भण्डारी र जोश ब्राउनले पोखरा एभेन्जर्स विरुद्ध पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए । ओपनिङ जोडीले उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछिका ब्याटर अर्को छेउबाट आउट भएका थिए ।

मालानले १९औं ओभरमा आउट हुनुअघि ५४ बल खेल्दै ४ चौका  र५ छक्का मदतमा सर्वाधिक ८० रन जोडे । जनकपुरका माज सदाकतले मालानलाई १९औं ओभरको दोस्रो बलमा एलबीडब्लु धरापमा पारेका थिए । यस्तै यस सिजन पहिलो पटक ओपनिङ गरेका अर्जुन साउदले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मदतमा ५२ रन बनाए । उनलाई निकोल लफ्टी इटनले सञ्जय कृष्णमुर्तीबाट क्याचआउट गराएका थिए ।

१४औं ओभरको चौथो बलमा ५२ रन हुँदा अर्जुनको क्याच आदित्य महताले छाडेका थिए । तर लगत्तै अर्को बलमा कृष्णमुतर्तीले क्याच गर्दै आउट गरेका हुन् । तेस्रो क्रममा ब्याटिङमा आएका सैफ जैब ५ बलमा ७ रन बनाएर १५औं ओभरमा आउट भए । त्यस्तै यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका रबि बोपारा पनि आज सस्तैमा आउट भए । बोपारा ५ बलमा ३ रन जोडेर आउट भए ।

अर्को छेउबाट लगातार विकेट जाँदा एक छेउ सम्हालेका मालान पनि १९औं ओभरमा आउट भएका थिए । कप्तान कुशल मल्लले अन्तिम ओभरमा दुई छक्का र एक चौकासहित १८ रन जोडेका थिए । मल्लले १४ बल खेल्दै २ चौका र २ छकक् मदतमा अविजित ३० रन जोडे ।

जनकपुरका लागि माज सदाकत, अनिल शाह, रुपेश सिंह र लफ्टी इटनले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको