नोभेम्बरमा भित्रिए १ लाख १६ हजार पर्यटक

काठमाडौँ, १६ मंसिर । गएको नोभेम्बर महिनामा १ लाख १६ हजार ५ सय ५३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको हो । जसमा नोभेम्बरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ९ सय ९५ पर्यटक भित्रिएका छन् ।

त्यसैगरी संयुक्त राज्य अमेरिकाबाट ११ हजार २ सय ५४ जना, चीनबाट सात हजार ८ सय ७१ जना, बेलायतबाट सात हजार १ सय ८९ जना, बङ्गलादेशबाट पाँच हजार ६ सय ५३ जना, अष्ट्रेलियाबाट पाँच हजार ३ सय ९३ जना, श्रीलङ्काबाट चार हजार ८ सय ३१ जना, म्यानमारबाट चार हजार ४ सय ८४ जना, फ्रान्सबाट चार हजार २ सय ११ जना  र जर्मनीबाट चार हजार १ सय ३४ पर्यटक भित्रिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,