इमरान खानको पार्टीलाई दुई सहरमा विरोध प्रदर्शनमा प्रतिबन्ध

एजेन्सी, १६ मंसिर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले विरोध प्रदर्शनको आह्वान गरेपछि इस्लामाबाद र रावलपिण्डीमा धारा १४४ लागु गरिएको छ ।

दुवै सहरका प्रशासनले धारा १४४ अन्तर्गत कुनै पनि प्रकारको विरोध प्रदर्शन वा सभा गर्न अनुमति नभएको जनाएका छन् ।

बीबीसी उर्दुका अनुसार, पीटीआईसँग सम्बन्धित सबै सांसदले मंगलबार इस्लामाबाद उच्च अदालत र अदियाला जेलबाहिर शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेका छन् ।

खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले आइतबार यो विरोध प्रदर्शनको घोषणा गरेका थिए । उनले विधानसभाका सदस्य मात्र प्रदर्शनमा भाग लिने र कोही कार्यकर्ता यसमा सामेल नहुने स्पष्ट पारेका थिए ।

सोहेलका अनुसार, इस्लामाबाद उच्च अदालतबाहिर विरोध प्रदर्शनको उद्देश्य इमरान र उनकी पत्नी बुशरा बीबीविरुद्ध दर्ता गरिएका मुद्दाको छिटो सुनुवाइ निश्चित गर्नु हो ।

पूर्वप्रधानमन्त्री इमरान विगत दुई वर्षभन्दा बढी समयदेखि रावलपिण्डीको अदियाला जेलमा बन्दी छन् । उनलाई करिब दुई हजार करोड रुपैयाँबराबरको भ्रष्टाचारको एक मुद्दामा अदालतले सजाय सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,