एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौँ, १६ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । सोमबार ‘ब्रेक’ दिइएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन्।

मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् । यो खेल बिहान ११ : ४५ मा सुरु हुँदैछ । दोस्रो खेलमा पोखरा र कर्णाली अपराह्न ४ बजे भिड्ने छन्।

साविक विजेता जनकपुर यो सिजना खाता खोल्न संघर्ष गरिरहेको छ । चार खेलमा जितबिहीन जनकपुरका लागि सान्त्वना जितको खाँचो छ । चार अंक जोडेको चितवन भने जनकपुरलाई हराउँदै प्लेअफ पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ।

दोस्रो खेलमा पोखरा र कर्णाली याक्स भिड्दैछन् । दुवै टिम संघर्ष गरिरहेका छन् । तालिकामा पोखरा र कर्णालीको दुईदुई अंक मात्र छ । कर्णालीले पाँच खेल खेलिसकेको छ भने पोखराले चार खेल मात्र खेलेको छ । यी दुई टिमसमेत तालिकामा संघर्ष गरिराखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि