सञ्चारमन्त्री खरेलले हेरे ‘परान’

काठमाडौँ, १३ मंसिर । संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसहित मन्त्रालयका कर्मचारी, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सदस्यले नेपाली फिल्म ‘परान’ हेरेका छन् ।

शुक्रबार बेलुका क्यूएफएक्सको छायाँ हलमा मन्त्री खरेलसहित मन्त्रालयका सचिव, सहसचिव, विधायन व्यवस्थापन समितिका सभापति एवं सदस्यहरूले आफैले पैसा तिरेर फिल्म हेरेका हुन् ।

राष्ट्रिय सभाको विधायन समितिमा यतिबेला प्रस्तावित चलचित्र विधेयकमाथि दफावार छलफल चलिरहँदा विभागीय मन्त्रीसहित समितिका सदस्यहरूले फिल्म हेरेका हुन् । सो अवसरमा संक्षिप्तरुपमा नेपाली चलचित्रको वर्तमान अवस्थाबारे पनि छलफल भयो ।

गत महिना आफैले टिकट काटेर फिल्म हेर्ने घोषणा गरेका मन्त्री खरेल ‘परान’ हेर्न गएका हुन् । नेपाली फिल्ममेकरलाई प्रोत्साहन गर्न आफूहरू पैसा तिरेर आएको उनले बताए । उनले अब बन्ने चलचित्र ऐन अबको ५० वर्षसम्म सान्दर्भिक हुनुपर्ने बताए ।

‘२०२६ सालमा बनेको ऐनले अहिलेसम्म सिनेमा बनाउने काम निर्दिष्टि गरिरहेको छ । विधायन समितिमा गएर मैले हेरेँ । समय त यति धेरै परिवर्तन भयो, स्टोरी, उपकरण, लगानी सबैमा तर, कानून जस्ताको तस्तै’ उनले भने, ‘हामीले यस्तो कानून बनाऊँ कि आजभन्दा ५० वर्ष पछाडिको जेनेरेसनले हामीमाथि आभार व्यक्त गरून् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा