नेपाली यू–१९ टोली एसिया कपमा छनोट

काठमाडौँ, १३ मंसिर । नेपाली यू–१९ टोली एसिया कपका निम्ति छनोट भएको छ ।

नेपालले आज सेमिफाइनलमा मलेसियालाई नौ विकेटले हराउँदै एसिया कपमा स्थान सुरक्षित गरेको हो ।

संयुक्त अरब इमिरेट्स (यूएई)को अजमान मैदानमा मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका वंश क्षेत्रीले अविजित २३ र निश्चल क्षेत्रीले अविजित १५ रन बनाए ।

मलेसियाका मोहम्मद अक्रामले एक विकेट हासिल गरे । यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भएको थियो । मलेसियाका हमजाह पंगीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडे । अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका निम्ति नीतीशकुमार पटेलले चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले एक/एक विकेट लिए ।

कुल १४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट शीर्ष तीन टिम आउँदो एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् । यू–१९ एसिया कप आउँदो डिसेम्बरमा यूएईमै हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि