लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई ३ विकेटले हरायो

काठमाडौँ, १३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई ३ विकेटले हराएको छ ।

पोखराले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर भेटायो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४०, निरोशन डिकवेलाले ३७ र सन्दीप जोराले अविजित २२ रन बनाए । पोखराका बिपिन खत्री, सागर ढकाल र म्याट टेलरले समान २ विकेट तथा जिम्मी निशमले १ विकेट लिए । 

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको पोखराले ५ विकेट गुमाएर १ सय ५० रन बनायो । पोखराका एडम रोसिङ्टोनले ८१ रन बनाए । यस्तै जिम्मी निशमले अविजित ५१ रन बनाए । 

लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले समान २ तथा गुल्बादिन नइबले १ विकेट लिए । यो जीतसँगै लुम्बिनी २ स्थान उक्लिँदै ४ अङ्कसहित पाँचौ स्थानमा पुगेको छ । हारसँगै पोखरा तालिकाको सातौं स्थानमा झरेको छ । 

यस्तै आजै दिउँसो साढे ३ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ । सुदूरपश्चिम यो प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । चार वटा खेल खेलेको सुदूरपश्चिम ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमा एउटा पनि खेल जित्न नसकेको साविक विजेता जनकपुर अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

यस्तै ८ अङ्कसहित विराटनगर दोश्रो, ६ अङ्कसहित काठमाण्डु तेश्रो, ४ अङ्कसहित चितवन चौथो र २ अङ्कसहित कर्णाली पाँचौ स्थानमा छ ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यहि २७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको