रुसमा मानव अधिकार अनुगमनकारी संस्थामाथि प्रतिबन्ध

एजेन्सी, १३ मंसिर । रुसले मानव अधिकार अनुगमनका लागि स्थापित ‘ह्युमन राइट्स वाच’ लाई आफ्नो ‘अवाञ्छित’ संस्थाहरूको सूचीमा समावेश गरेको छ ।

न्यूयोर्कमा कार्यालय भएको दबाब समूहलाई रुसले आफ्नो भागमा सञ्चालन गर्न प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

रुसले यो निर्णय गर्नुको कारणबारे बताएको छैन । सन् २०२२ मा रुसमा आफ्ना कार्यालयहरू बन्द गर्न बाध्य भएको ‘ह्युमन राइट्स वाच’ले तत्काल कुनै टिप्पणी गरेको छैन । सन् २०२२ मा फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण शुरु गरेदेखि रूसी न्याय मन्त्रालयले क्रेमलिनको नीति वा युद्धमा मस्कोको व्यवहारको आलोचना गर्ने दर्जनौं समूहलाई प्रतिबन्ध लगाएको थियो ।

विश्वभरका सेना र सरकारद्वारा गरिएका दुरुपयोगको अनुसन्धान र प्रतिवेदन प्रकाशित गर्ने ‘ह्युमन राइट्स वाच’ले युद्धको बारम्बार निन्दा गरेको छ र रुसी सेनालाई ‘उल्लङ्घनको लामो श्रृङ्खला’ सञ्चालन गरेको आरोप लगाएको छ । रुसले यो आरोपलाई अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ