श्रीलंकामा भीषण बाढी/पहिरोका कारण १२३ जनाको मृत्यु

एजेन्सी, १३ मंसिर । श्रीलंकामा देशभर परेको भारी वर्षा र बाढीका कारण १२३ जनाको मृत्यु भएको छ । १३० जना बेपत्ता रहेका छन् ।

विपद् व्यवस्थापन केन्द्रका अनुसार ४३ हजार ९९५ जनालाई राहत केन्द्रमा राखिएको छ । 

सोमबारदेखि भारी वर्षा सुरु भएको थियो । बुधबार मुख्य क्षेत्रमा अझ ठूलो वर्षा भएको थियो । 

शुक्रबार साँझ केलानी नदीको तटवन्ध भत्किँदा धेरै मानिसहरू अस्थायी शिविरमा सारिएका छन् । 

देशका अधिकांश भागमा वर्षा कम भए पनि उत्तरतर्फका केही क्षेत्रमा अझै पानी परिरहेको छ ।

भारतले पीडितहरूको लागि आवश्यक राहत सामग्री पठाइसकेको छ । 

सरकारले उद्धार र राहत कार्यलाई अझ सुदृढ बनाउन सेना परिचालन गरेको छ । हेलिकोप्टर र डुंगा प्रयोग गरी फसेका बासिन्दाहरू उद्धार गरिएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ