‘विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री’

सिन्धुपाल्चोक, १३ मंसिर । ‘सहयोगी हातहरू’ नामक संस्थाले दुर्गम विद्यालयका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ ।

बलेफी, भोटेकोसी र बाह्रबिसे क्षेत्रका गरी सात विद्यालयका कुल १ सय १८ विद्यार्थी तथा वृद्ध–वृद्धालाई संस्थाले न्यानो लत्ताकपडा प्रदान गरिएको हो । बलेफी गाउँपालिकास्थित करङगैरा आधारभूत विद्यालयका २७ बालबालिकालाई स्कुल ड्रेस र स्टेशनरी तथा सीमासिंह आधारभूत विद्यालयका २८ जनालाई स्विटर, टोपी र स्टेशनरी वितरण गरिएको छ ।

त्यस्तै भोटेकोसी गाउँपालिका–१, च्यामानासा सेबुङस्थित भुमेश्वरी आधारभूत विद्यालयका २५ विद्यार्थीलाई स्कुल ड्रेससहित स्विटर, टोपी र स्टेशनरी सामग्री सहयोग गरिएको छ। उग्रचण्डि माध्यमिक विद्यालय, लिस्तीका ६ विद्यार्थीलाई पनि स्विटर, टोपी र स्टेशनरी उपलब्ध गराइएको छ।

बाह्रबिसे–६ मान्द्रास्थित गोरखनाथ आधारभूत विद्यालयका १२ बालबालिकाले स्कुल ड्रेस र स्टेशनरी पाए भने त्यही क्षेत्रका वृद्ध–वृद्धाले ज्याकेट र न्यानो कपडा पाए। बाह्रबिसे–३ स्थित धार्पा नारायण आधारभूत विद्यालयका ११ तथा बाह्रबिसे–२ दुरुमथलीस्थित मंगलादेवी आधारभूत विद्यालयका ९ बालबालिकालाई पनि स्कुल ड्रेस र स्टेशनरी वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित