भारतको आर्थिक वृद्धि दर ८.२ प्रतिशत

काठमाडौँ, १३ मंसिर । भारतले चालु आ.व. २०२५/२६ को दोस्रो त्रैमासिकमा ८.२ प्रतिशत आर्थिक वृद्धि दर हासिल गरेको छ ।

भारतीय सरकारको सांख्यिकी तथा योजना कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमासिकमा भारतको नोमिनल जीडीपी ८.७ प्रतिशतले बढेको छ । गत वर्ष यही अवधिमा वृद्धि दर ५.६ प्रतिशत मात्र थियो, भने यस वर्षको पहिलो त्रैमासिकमा ७.८ प्रतिशतमा वृद्धि भएको थियो ।

यस त्रैमासिकमा द्वितीयक क्षेत्रमा पर्ने म्यानुफ्याक्चरिङ ९.१ प्रतिशतले बढेको छ भने सेवा क्षेत्रमा वृद्धि दर ९.२ प्रतिशत पुगेको छ । रिपोर्टका अनुसार यस वृद्धि पछाडि उत्पादन तथा सेवा क्षेत्रको ठुलो योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ