एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौँ, १३ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन् । बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

तीन खेल खेलेको पोखराले एउटा मात्र जित निकालेको छ भने चार खेल खेलिसकेको लुम्बिनीलेसमेत एउटा मात्र जित निकालेको छ । पोखरा तालिकाको छैटौं स्थानमा छ भने लुम्बिनी सातौं स्थानमा छ ।

दोस्रो खेलमा दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दैछन् । चार खेलमा अपराजित सुदूरपश्मि आठ अंकसहित शीर्ष स्थानमा छ । मात्र तीन खेल खेलेको जनकपुर अंकबिहीन तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको