हङकङमा आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुग्यो

एजेन्सी, १२ मंसिर । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात छ ।

सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको समयमा धुवाँमा निसास्सिएर ज्यान गुमाएका हुन् ।

सम्बन्धित अधिकारीहरूले प्रारम्भिक अनुमानमा विद्युत् सर्टका कारण आगो लागेको आशंका गरेका छन्, तर एकिन कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

आगलागी शहरको घना जनसंख्या भएको क्षेत्रमा रहेका आवासीय भवनमा बुधबार मध्यराततिर सुरु भएको थियो । आगलागी भएका ती बहुतले भवनहरुमा विदेशी कामदारदेखि स्थानीयसम्म दर्जनौं परिवार बसोबास गर्दै आएका थिए ।

घटनास्थलमा उद्धार कार्य अझै जारी छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

आगलागीबाट विस्थापित सयौं मानिसका लागि अस्थायी बसोबासका व्यवस्था पनि नगर प्रशासनले गरेको छ । हङकङ प्रशासनले मृतकको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै राहत तथा पुनर्स्थापनाका कार्यक्रम अघि बढाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ